Lite Nepal

मंगलबार, साउन २६, २०८३

काठमाडौं । यही साउन २८ गते स्वदेश फर्किन लागेका काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई विमानस्थलमा भव्य स्वागतको तयारी गरिएको छ ।

संस्थापन इतर पक्षले देउवालाई त्रिभुवन विमानस्थलमै भव्य स्वागतको तयारी गरेको हो । विमानस्थलमा स्वागतपछि ५ हजार नेता कार्यकर्ताले उनलाई स्कर्टिङ गरेर धुम्बाराहीस्थित निवासमा पुर्‍याउने तयारी रहेको छ ।

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं