Lite Nepal

मंगलबार, साउन २६, २०८३

विराटनगर । आफ्नै दलको सरकारलाई व्यंग्य गर्दै सांसद आशिका तामाङले प्रतिनिधिसभाको बैठकमा ग्यास अभाव र त्यसबाट सर्वसाधारणले भोग्नुपरेको समस्याबारे कविता वाचन गरेकी छन्।

सदनमा कविता सुनाउँदै तामाङले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले खाली सिलिन्डर बोकेर भौँतारिनुपरेको विषयलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिन्।

उनले भनिन्, ‘ग्यास ग्यास भएन भने रोकिन्छ खाने, क्यास हातमा छ तर ग्यास बजारमा छैन।’ ग्यास पहुँच हुनेहरूले छानीछानी तीनवटासम्म सिलिन्डर राख्ने तर सर्वसाधारणले ग्यास नपाउने अवस्था रहेको भन्दै उनले सरकारको आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठाइन्।

तामाङले कविता मार्फत ग्यास अभावका कारण छिमेकीको घरमा समेत हाहाकार र भोक–प्यासको अवस्था सिर्जना भएको उल्लेख गरिन्। सरकार भने पर्याप्त ग्यास पुग्ने दाबी गरिरहेको तर जनता रातदिन खाली सिलिन्डर बोकेर सडकमा भौँतारिनुपरेको उनको व्यंग्य थियो।

उनले थानकोटका नागरिक खाली सिलिन्डर बोकेर बालाजु र टेकुसम्म पुग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन्।कविताको अन्त्यमा तामाङले आफ्नै गाउँठाउँको पाखापखेरा र हिमालको फेदी सम्झँदै ग्यासको समस्या कहिले समाधान हुन्छ भन्दै सरकारप्रति व्यंग्य गरेकी थिइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं