Lite Nepal

बुधबार, साउन २७, २०८३
फाइल तस्बिर

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको आपूर्ति, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागिएको बताएकी छन्।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिले आज आयोजना गरेको खाद्य आपूर्तिसम्बन्धी छलफलमा मन्त्री यादवले ग्यासको आपूर्ति तथा वितरणसम्बन्धी विवरण सार्वजनिक गर्न अहिले गुगल फारमको प्रयोग भइरहेको जानकारी दिइन्।

उनका अनुसार ग्यासको आपूर्ति र वितरणमा देखिने समस्या समाधान गर्दै उपभोक्ताले सहज रूपमा सूचना प्राप्त गर्न सक्ने गरी अनलाइन ट्र्याकिङ प्रणाली विकास गर्न लागिएको हो।

मन्त्री यादवले यही साउन २८ गतेदेखि सिंहदरबारमा खाद्यको स्टल सञ्चालन गरी खाद्यान्न बिक्री–वितरण गर्न लागिएको जानकारीसमेत दिइन्।

छलफलमा नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले एक साताभित्र ग्यासको आपूर्ति सहज हुने दाबी गरे। उनका अनुसार मंगलबार मात्रै १३४ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन्।

साहले साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर नेपाल भित्रिसकेको दाबी गरे। उनले ग्यासको आपूर्ति क्रमशः सहज हुँदै गइरहेको भन्दै आगामी दिनमा उपभोक्ताले अभाव झेल्न नपर्ने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं