Lite Nepal

बुधबार, साउन २७, २०८३

काठमाडौँ । सार्वजनिक लेखा समितिको बुधवारको बैठकमा भ्रष्टाचारसम्बन्धी उजुरी र छानबिन प्रक्रियालाई लिएर रास्वपाका सांसद खगेन्द्र सुनारले बैठक बहिष्कार गरेका छन्।

सुनारले आरोपितको पक्षपोषण गर्दै प्रश्न उठाउने सांसदलाई नै अपमान गरिएको आरोप लगाए। उनले भ्रष्टाचारको आरोप लागेकामाथि छानबिन नसकिँदासम्म पदमा बहाल रहन नहुने बताए।

सुनार बाहिरिएपछि सांसद वर्षमान पुनले समितिमा सबै सदस्यको हैसियत बराबर हुने बताए। सभापति भरतबहादुर खड्काले कानुनी रूपमा प्रमाणित नभएसम्म कसैलाई दोषी करार गर्न नमिल्ने भन्दै संसदीय मर्यादा र शिष्ट व्यवहार कायम गर्न आग्रह गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं