Lite Nepal

बिहिबार, साउन २८, २०८३
फाइल तस्बिर

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी तथा उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन्।

यस्तै, लामो समयदेखि प्रदेशसभा बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूची रहेको उनले बताइन्।

सत्ता गठबन्धनमा रहेको नेकपा ९एमाले० ले गत असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने प्रावधान छ।

बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक आह्वान गर्न पत्र पठाएका थिए।

सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सदस्य छन्। तीमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसका १८, नेकपा ९माओवादी केन्द्र० का सभामुखसहित २२, नेकपा ९एमाले० का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का एक जना प्रदेशसभा सदस्य छन्।

सरकार गठन वा विश्वासको मतका लागि २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। हाल एक जना प्रदेशसभा सदस्य देशबाहिर र एक जना निलम्बनमा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।र्छ’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं