Lite Nepal

बिहिबार, साउन २८, २०८३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारमा नेपाली कांग्रेसले गरेको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेससँगको सहकार्य महत्वपूर्ण रहेको बताए।

उनले कांग्रेससँगको सहकार्य सुमधुर र सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेशको विकास र समृद्धिका लागि निरन्तर सहयोग र सहकार्य हुने विश्वास व्यक्त गरे। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि कांग्रेससँग हातेमालो गर्दै अघि बढ्ने उनको भनाइ छ।

कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त मन्त्रालयहरू मुख्यमन्त्री कार्कीले आफैँसँग राखेका छन्। कोशी प्रदेश सरकारमा कांग्रेसबाट एक राज्यमन्त्रीसहित पाँच जना सहभागी थिए। मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं