Lite Nepal

मंगलबार, भाद्र १६, २०७७

ताप्लेजुङ । सुकेटार विमानस्थलको स्तरवृद्धि ५० प्रतिशत सम्पन्न भएको छ ।

कोभिड– १९ को महामारीबीच पनि विमानस्थल स्तरवृद्धिसम्बन्धी काम नरोकिएकोका कारण ५० प्रतिशत काम सम्पन्न भएको हो ।

आर्थिक वर्ष ०७६/७७ मा विमानस्थल स्तरवृद्धिका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

विमानस्थल स्तरवृद्धिका लागि बोलपत्र आह्वान गर्दा खड्का कृष्ण/बंगलामुखी जेभी कन्स्ट्रक्सनले आठ करोड ९९ लाख ५० हजार तीन सय ४९ रुपैयाँमा ठेक्का पारेको थियो ।

आयोजना प्रमुख इन्जिनियर हरि अधिकारीले गत असोजबाट विमानस्थल स्तरवृद्धि सुरु गरेको बताए ।

काम सुरु भएको दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौता भएकोमा सो समयअगावै सम्पन्न गर्ने गरी काम भएको इन्जिनियर अधिकारीले बताए ।

उनका अनुसार अहिले विमानस्थलको पूर्वतर्फ रहेको डाँडालाई सम्याउने काम भइरहेको छ ।

यस्तै, ग्याबिन तार, ड्रेन निर्माणलगायतका काम पनि समानान्तर भइरहेका छन् ।

सदरमुकाम फुङलिङ बजारदेखि आठ किलोमिटरको दूरीमा उत्तर–पूर्वमा रहेको सुकेटार विमानस्थल पाँच दशकअघि निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं