विराटनगर । नेपाली कम्युनिष्ट पार्टी संसदीय दलको बैठक सुरु भएको छ।
कोशी प्रदेश सरकारमा पार्टीका तर्फबाट कसलाई मन्त्री पठाउने भन्ने विषयमा छलफल गर्न बैठक बसेको हो।
पार्टीले आजै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको स्रोतले जनाएको छ।
बैठकमा सरकारमा पार्टीको सहभागिता, मन्त्रालयको जिम्मेवारी तथा मन्त्रीका सम्भावित नामबारे छलफल भइरहेको बताइएको छ।