Lite Nepal

सोमबार, भाद्र ०१, २०८३
फाइल तस्बिर

विराटनगर । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदे सहमतिअनुसार कोसी प्रदेश सरकार पनि विस्तारको तयारी गरिएको छ।

सरकारमा सहभागी हुने नेपाली कम्युनिस्ट पार्टीका मन्त्रीहरूको नाम प्राप्त हुनासाथ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गर्ने तयारी गरेका हुन्। साउनको पहिलो साता भएको तीन बुँदे सहमतिअनुसार आज  (सोमबार) कोसी प्रदेश सरकार विस्तार गर्ने तयारी गरिएको छ।

मुख्यमन्त्री कार्कीले दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गराउने तयारी गरेका छन्। यद्यपि, प्रदेश प्रमुखको कार्यालयले भने शपथका लागि ३ बजेको समय माग गरिए पनि हालसम्म औपचारिक पत्र प्राप्त नभएको जनाएको छ।

स्रोतका अनुसार शपथ ग्रहणका लागि ३ बजेको समय माग गरिएको भए पनि औपचारिक पत्र नआएकाले अन्योल  छ। स्रोतले भन्यो,’समय ३ बजेको माग गरिएको छ, तर आधिकारिक पत्र आएको छैन। त्यसैले हामी अन्योलमा छौँ।’

तीन बुँदे सहमतिअनुसार नेपाली कम्युनिस्ट पार्टीले कोसी प्रदेश सरकारमा चार वटा मन्त्रालय पाउने निश्चित भए पनि कुन–कुन मन्त्रालय दिने भन्ने विषय भने अझै टुङ्गिएको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं