Lite Nepal

सोमबार, भाद्र ०१, २०८३

विराटनगर । केन्द्रमा भएको तीनबुँदे सहमति अुनसार कोसी प्रदेश सरकारमा सहभागि हुन तयारीमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्री टुंगो लगाएको छ ।

सहमति अनुसार नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय र समाजिक विकास मन्त्रालय पाउने भएको छ । यद्यपि आन्तरिक मामलिा तथा कानुन मन्त्रालयमा भने अझै सहमित जुट्न सकेको छैन ।

यसअघि दुई दलबीच नेकपाले कोशी प्रदेश सरकारमा चार मन्त्रालय पाउने सहमति भइसकेको थियो । एमालेको भागमा मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना, खानेपानी तथा सिँचाइ र स्वास्थ्य मन्त्रालय रहने टुङ्गो लागिसकेको छ । कृषि र आन्तरिक मामिलामध्ये कुन मन्त्रालय कसले लिने भन्ने विषय भने अझै टुङ्गिन बाँकी छ ।

यसैबीच, नेकपाले सरकारमा पठाउने तीन मन्त्री र एक राज्यमन्त्रीको नामसमेत टुङ्ग्याएकोे छ । मन्त्रीका लागि मोरङका जीवन आचार्य, सोलुखुम्बुका गोम्बु शेर्पा र इलामकी खिनु लङ्वा लिम्बू को नाम तय भएको बताइएको छ । त्यस्तै, राज्यमन्त्रीमा सपना दर्जीको नाम टुङ्गिएको छ । थप एक मन्त्रीका लागि सहमित जुट्न बाँकी रहेको श्रोतले जानकारी दियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं