Lite Nepal

सोमबार, भाद्र ०१, २०८३

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले कोसी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ। लामो छलफलपछि दिउँसो चार मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो।

नेकपा कोसी प्रदेश इन्चार्ज राजेन्द्र राईका अनुसार खिनु लङ्वाको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो । उनी यसअघि पनि मन्त्री भइसकेका हुन् । यस्तै जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन्। उनी यसअघि पनि मन्त्री भइसकेका छन्। आचार्य नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी ज्वाइँ हुन्।

त्यस्तै, गीता तिम्सिनालाई सामाजिक विकास मन्त्री बनाइने भएको छ। गम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलले जानकारी दिए । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं