विराटनगर । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बिना गुरुङले अनलाइन व्यापारमा हुने ठगीको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्।
उनले डिजिटल माध्यमबाट हुने कारोबारमा विभिन्न चुनौती देखिएको भन्दै अनलाइनबाट सामान खरिद गर्दा भुक्तानी लिएपछि सम्पर्कविहीन हुने तथा अन्य किसिमका ठगी बढ्दै गएको बताइन्।
सामाजिक सञ्जालमार्फत हुने स्क्याम तथा अनलाइन ठगी नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो। साथै, अनलाइन स्टोर तथा डिजिटल माध्यमबाट व्यापार गर्ने व्यवसायलाई नियमन गर्न आवश्यक व्यवस्था गर्न उनले सरकारसँग माग गरिन्।