विराटनगर । कोशी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पालाई तोकिएको छ ।
नेकपासँगको सहकार्यमा सरकार विस्तार भएपछि बुधबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी शेर्पालाई दिएको हो ।
यस्तै बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्ने र त्यसको तयारी गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रीपरिषद्ले विभिन्न तीनवटा समिति समेत बनाउने निर्णय गरेको बैठकपछि आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले बताए ।


