काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आगामी स्थानीय तहको निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदान गर्न पाउने कानुनी व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै आचार्यले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुन निर्माण तथा अन्य तयारीलाई प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले आगामी स्थानीय तहको निर्वाचनमै विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने गरी आवश्यक प्रक्रिया तत्काल सुरु गर्न सरकारसँग माग गरे।