Lite Nepal

शुक्रबार, भाद्र ०५, २०८३

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता कुनै समय पुनः शुरु हुनसक्ने संकेत गरेका छन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वर्तमान परिस्थिति निकै राम्रो रहेको दाबी गरे। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान शुरु गरेपछि हर्मुज जलसन्धि प्रभावकारी रूपमा बन्द गरिएको थियो । सोही सन्दर्भमा बोल्दै ट्रम्पले उक्त जलक्षेत्र हाल संयुक्त राज्य अमेरिकाको पूर्ण नियन्त्रणमा रहेको जिकिर गरे ।

राष्ट्रपति ट्रम्पले वासिङ्टनको मुख्य प्राथमिकता इरानलाई परमाणु हतियार विकास गर्नबाट रोक्नु रहेको कुरा पुनः दोहोर्‍याएका छन् ।

उनले भने, ‘इरानसँग परमाणु हतियार हुनुहुँदैन र उनीहरूले त्यो प्राप्त गर्ने छैनन्। यदि उनीहरूले हतियार बनाए भने त्यसको प्रयोग गर्नेछन्, तर हामी उनीहरूलाई त्यसो गर्न दिने छैनौँ ।’

यद्यपि, वर्तमान अवस्थामा भने दुई देशबीचको संवाद रोकिएको छ । सिएनएनकाअनुसार राष्ट्रपति ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको संवाद स्थगित गर्न निर्देशन दिएका छन् ।

मङ्गलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ट्रम्पले अमेरिका र इरानबीच हाल कुनैपनि वार्ता भइरहेको वा तय भएको जानकारी अस्वीकार गरेका थिए । उनले अमेरिकी नौसेनाको नाकाबन्दी अहिले पनि पूर्ण रूपमा जारी रहेको समेत स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं