Lite Nepal

शनिबार, भाद्र ०६, २०८३
फाइल तस्बिर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीका ‘जम्बो’ कमिटीले संगठनलाई बलियो बनाउन नसक्ने बताएकी छन्।

शनिबार कोशी प्रदेश समितिले आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले अत्यधिक ठूलो संगठनका कारण सदस्यबीच प्रभावकारी संवाद हुन नसकेको बताइन्। मंसिरमा हुने महाधिवेशनबाट चुस्त–दुरुस्त कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने उनको भनाइ छ।

भुसालले पार्टीमा पदप्रतिको मोह बढ्दै गएको भन्दै यसले कम्युनिष्ट आन्दोलन कमजोर बनेको दाबी गरिन्। पार्टी सदस्यता नवीकरण तथा संगठनात्मक एकताको कामसमेत ढिलो भइरहेको उनले बताइन्।

उनले राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन वाम एकता आवश्यक रहेकोमा जोड दिइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं