Lite Nepal

आइतबार, भाद्र ०७, २०८३
फाइल तस्बिर

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारणलाई प्रत्यक्ष आर्थिक भार पर्ने सरकारको कर नीतिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्।

आइतबार मन्थलीमा आयोजित हस्ताक्षर संकलन तथा पत्रकार भेटघाटमा उनले एक महिनासम्म देशभर हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने जानकारी दिए। सरकारका करसम्बन्धी निर्णय पुनर्विचार गर्न दबाब दिने उनको भनाइ छ।

घिसिङले विद्युत्, राइड सेयरिङ, खानेपानी र सिँचाइजस्ता क्षेत्रमा करको भार थपिएको भन्दै असन्तुष्टि जनाए। विद्युत् खपत बढाएर ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्नुपर्ने बेला कर तथा महसुल बढाउँदा उपभोक्ता निरुत्साहित हुने उनले बताए।

विद्युत् प्राधिकरणले असुल गर्नुपर्ने बक्यौता प्रभावकारी रूपमा नउठाई त्यसको भार उपभोक्तामाथि पारिएको आरोप पनि उनले लगाए। उद्योगबाट असुल गर्नुपर्ने २३ करोड रुपैयाँभन्दा बढी बक्यौता उठाउन सरकारले पर्याप्त पहल नगरेको उनको दाबी छ।

विद्युत् खपत बढाउन महसुलमा सहुलियत दिनुपर्ने भन्दै उनले यसबाट ग्यास तथा पेट्रोलियम पदार्थको आयात घटाउन सकिने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए।

राइड सेयरिङमा कर लगाउने निर्णयको विरोध गर्दै घिसिङले यातायात क्षेत्रमा करका कारण उपभोक्ता र चालक दुवैमाथि अतिरिक्त भार परेको बताए। सरकारले नागरिकका सरोकार सम्बोधन नगरे अभियानकै क्रममा आगामी कदमबारे निर्णय लिइने उनले चेतावनी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं