Lite Nepal

आइतबार, भाद्र ०७, २०८३
फाइल फोटो

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण रहेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट उत्पन्न भएको बताएका हुन्।

संयोजक दाहालले लामो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिहरू क्रमशः कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले देशमाथि वैदेशिक तथा प्रतिक्रियावादी शक्तिहरूको दबाब र हस्तक्षेप बढ्दै गएको दाबी गर्दै वर्तमान अवस्थामा विचार मिल्ने शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य रहेको बताए।

दाहालले भने, ‘आज देशको परिस्थिति निकै जटिल मोडमा छ। राष्ट्रिय स्वाधीनता र प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको छ। यस्तो परिस्थितिमा विचार मिल्ने दलहरूबीच पार्टी एकता, तत्कालीन मुद्दामा सहकार्य तथा विगतमा शान्ति, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएका शक्तिहरूबीच साझा मोर्चा निर्माण गर्नु आजको मुख्य आवश्यकता हो।’ उनले प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै मुलुकलाई सही दिशामा अघि बढाउन परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्नेमा विशेष जोड दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं