Lite Nepal

सोमबार, भाद्र ०८, २०८३

विराटनगर । कोशी प्रदेशसभाको बैठकमा विराटनगरका निजी आँखा अस्पताल बन्द गरिएको विषयमा पूर्व मुख्यमन्त्री केदार कार्कीले धारणा राख्ने क्रममा सभामुख अम्बरबहादुर विष्टले नियम र कार्यसूचीको विषय उठाएपछि बैठकमा केहीबेर सवाल जवाफ भएको छ।

कार्कीले आँखा अस्पताल बन्द गरिएको विषयमा धारणा राख्दै बोल्न खोजेका थिए। त्यस क्रममा सभामुख विष्टले उक्त विषय नियमअनुसार र बैठकको कार्यसूचीअनुसार नभएको भन्दै आपत्ति जनाएका थिए।

आँखा अस्पताल बन्द गरिएको विषय अहिले कोशी प्रदेशमा विवादित बनेको छ। मोरङ जिल्ला प्रशासन कार्यालय र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको संयुक्त अनुगमन टोलीले विराटनगरमा सञ्चालनमा रहेका सातवटा निजी आँखा अस्पताललाई मापदण्ड पूरा नगरेको भन्दै सिलबन्दी गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं