काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी हालसम्म ९ जनाको शव फेला परेको जानकारी दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष सम्बोधन गर्दै मन्त्री खनालले उद्धार टोलीले बाढी प्रभावित क्षेत्रबाट ९ जनाको शव सङ्कलन गरेको जानकारी दिए।

फेला परेका शवहरूको हालसम्म सनाखत हुन नसकेको उनले बताए। शवको पहिचान खुलाउन आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्री खनालको भनाइ छ।
यसअघि मन्त्री खनालले बिहान ८ः३७ बजे गएको भूकम्पपछि पहिरो खसेको र त्यसको करिब तीन मिनेटपछि, ८ः४० बजे भोटेकोसी नदीमा बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको जानकारी दिएका थिए।