Lite Nepal

सोमबार, भाद्र १५, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधान तथा खोज, उद्धार र राहत कार्यका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्री शाहले सोमबार केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे ब्रिफिङ लिएका छन्।

प्रधान सेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार र राहत व्यवस्थापनबारे ब्रिफिङ लिने कार्यक्रम छ। त्यसैगरी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै आवश्यक जानकारी लिने जनाइएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग आवश्यक जानकारी लिइरहेका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं