विराटनगर । प्रधानमन्त्री बालेन शाहले बाढी आउनुभन्दा आधा घण्टा अगावै पूर्वसूचना प्रवाह गरिएको दाबी गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले बाढी आएलगत्तै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
प्रधानमन्त्रीका अनुसार सम्भावित जोखिमबारे सर्वसाधारणलाई सचेत गराउन ११ लाख एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो। बाढीको जोखिम बढ्नुअघि नै सूचना प्रवाह गरी नागरिकलाई सतर्क गराउने प्रयास गरिएको उनको भनाइ छ ।

उनले विपद्को अवस्थामा उद्धार तथा राहतका लागि सुरक्षा निकायलाई तत्काल परिचालन गरिएको पनि बताए ।