Lite Nepal

बुधबार, भाद्र १७, २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनालाई उद्धार गरिएको जानकारी प्रतिनिधि सभालाई दिएका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै प्रधानमन्त्री शाहले अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको बताएका हुन्। उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा नागरिकको अवस्था अझै यकिन हुन नसकेको उनले जानकारी गराए।

बाढीका कारण घाइते भएका २९२ जनामध्ये १८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी घाइतेको उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन स्वास्थ्यकर्मीहरू प्रयासरत रहेको प्रधानमन्त्री शाहले संसद्लाई अवगत गराए।

प्रधानमन्त्रीले बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा उद्धारलाई प्राथमिकतामा राखेर राज्यका सम्बन्धित संयन्त्र परिचालन भइरहेको जानकारी पनि प्रतिनिधिसभामा दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं