Lite Nepal

बुधबार, भाद्र १७, २०८३

विराटनगर। नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले विपद्का बेला सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भइरहेको ढिलाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै आङ्देम्बेले उद्धारमा भइरहेको ढिलाइ गम्भीर र मानवीय संवेदनाविपरीत भएको बताए। उनले अझै ६२ जिल्लाका ३ हजार ९१६ नागरिक सम्पर्कविहीन रहेको विवरणप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए।

समय बित्दै जाँदा सम्पर्कविहीन नागरिकको संख्या थपिन सक्ने जोखिम रहेको भन्दै उनले खोज तथा उद्धारलाई तत्काल सबैभन्दा उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे। विशेषगरी सुरुङभित्र फसेका नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्ने कार्यमा भइरहेको ढिलाइ स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो।

आङ्देम्बेले विपद्को सुरुवाती चरणदेखि नै उपलब्ध उद्धार क्षमताको अधिकतम उपयोग गर्नुपर्ने बताए। सरकारी संयन्त्रसँगै निजी क्षेत्रको क्षमता र स्रोतसाधनसमेत परिचालन गर्नुपर्ने तथा आवश्यकता देखिए अन्तर्राष्ट्रिय प्रविधि र दक्ष उद्धार टोलीलाई तत्काल बोलाउनुपर्ने उनले सुझाव दिए।

सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्दै उपलब्ध सबै स्रोत, प्रविधि र जनशक्तिबीच प्रभावकारी समन्वय गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं