Lite Nepal

शनिबार, भाद्र २०, २०८३

सिजाङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन-नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बाढीका कारण शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु भएको पुष्टि स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रले जनाएको छ ।

कमाण्ड सेन्टरका अनुसार हिमपहिरोपछि नदीमा आएको बाढीमा ५३१ जना बेपत्ता रहेका छन् । उद्धारकर्मीहरूले उक्त क्षेत्रबाट ९८७ वटा व्यक्तिगत सामान भेट्टाएको बताएका छन् ।

बुधबारसम्म जी–२१६ उद्धार मार्गमा निरीक्षण गर्दा ५८ वटा सम्भावित भूगर्भीय विपत्का स्थल पहिचान भएका केन्द्रका अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले प्रभावित तीन गाउँका सम्भावित जोखिमहरूको निरीक्षण र जोखिम मूल्याङ्कन पनि पूरा गरेका छन् भने यसका लागि दुई अस्थायी आपतकालीन आश्रयस्थलका लागि स्थान चयन गरेका छन् । उनीहरूले त्यहाँका लागि आपतकालीन आपूर्ति सेवा व्यवस्थापनका लागि मार्गदर्शनसमेत गरेका छन् ।

सम्भावित द्वितीयक विपत्का जोखिम पहिचान र रोकथामका लागि मौसम, प्राकृतिक स्रोत, जलस्रोत र आपतकालीन व्यवस्थापन अधिकारीहरूका साथै चाइनिज साइन्स एकेडेमी र चीन सुरक्षा विज्ञान तथा प्रविधि एकेडेमीका १७२ विज्ञ र प्राविधिक जनशक्ति बुधबार दिउँसो ४ बजेसम्म उक्त स्थलमा खटिएका छन् ।

हिमाली षेत्रमा बरफ–चट्टान पहिरोका कारण आएको यो विनाशकारी पहिरोले गिरोङ बन्दरगाह भएर बग्दै भवनहरू, विद्युत् आपूर्ति र गिरोङ बन्दरगाहतर्फ जाने जी २१६ राजमार्गको एक खण्ड नष्ट गरेको थियो, जसले विपत् व्यवस्थापन र उद्धार कार्यलाई गम्भीर रूपमा बाधा पुर्‍याएको थियो ।

यस्ता कठिनाइका बाबजुद चीनले तुरुन्तै हेलिकोप्टर, स्पिडबोट र रबरको डुङ्गा परिचालन गरी उद्धारकर्मीहरूलाई पहिरो प्रभावित बन्दरगाहमा पुर्‍याएको छ । स्थलगत उद्धार टोलीले १२ घण्टा ठाडो पहाडी सडक पार गर्दै पैदल उक्त क्षेत्रमा पुगेका थिए ।

उक्त क्षेत्रमा करिब दुई हजार ३०० उद्धारकर्मी, ४०० भन्दा बढी खोज तथा उद्धार सवारीसाधन, आठ हजारभन्दा बढी व्यावसायिक उपकरणका सेट, ८०० भन्दा बढी ड्रोन उडान र २४ हेलिकोप्टर उडान परिचालन गरिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं