Lite Nepal

आइतबार, भाद्र २१, २०८३

बेइजिङ। चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार बाढीका कारण ४३ जनाको मृत्यु पुष्टि भएको छ भने ५१९ जना अझै सम्पर्कविहीन छन्।

पहिरोसँगै आएको बाढीले नेपालतर्फ पनि ठूलो जनधनको क्षति पुर्‍याएको छ। नेपालमा पाँच हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन रहेको जनाइएको छ। बाढीका कारण हजारौँ घर बगेका वा डुबानमा परेका छन् भने दशौँ हजार मानिस विस्थापित भएका छन्।

बाढीका कारण नेपाली क्षेत्रमा रहेका विद्युत्गृह, सडक सञ्जाल, पुलपुलेसा, घर तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको छ। क्षतिको प्रारम्भिक अनुमान सयौँ अर्ब रुपैयाँभन्दा बढी रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं