लक्ष्मी कटुवाल

मंगलबार, भाद्र २३, २०७७

विराटनगर । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने पक्राउ परेका छन् ।

सोमबार दिउँसो मन्दिरबाट दुईवटा सिंहको मुर्ती हराएपछि मन्दिर समितिले खोजि गर्दा फेला नपरेपछि जिल्ला प्रहरी कार्यलय सोलुमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलिले सोही स्थानका ३५ वर्षिय रमेश मगरलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धचरणमा रहेको एक होटलबाट उनले चोरी गरी लगेको मुर्ती सहित पक्राउ गरेको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सोलुले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं