Lite Nepal

आइतबार, भाद्र ०७, २०८३

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले साउन महिनाको सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालयका रूपमा इलाका प्रहरी कार्यालय, सिजुवालाई सम्मान गरेको छ।

प्रहरी सेवा प्रवाह, कार्यसम्पादन तथा नागरिकमैत्री सेवामा उत्कृष्ट भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा सिजुवा प्रहरी कार्यालयलाई सर्वोत्कृष्ट घोषित गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्मान प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय, सिजुवाका प्रमुख प्रहरी निरिक्षक कैलाश खापुङले आफूहरू गौरवान्वित भएकाे बताए । कार्यालयले आगामी दिनमा समेत प्रहरी सेवा अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

साथै, नागरिकको सुरक्षा, शान्ति–सुव्यवस्था कायम गर्न र जनताको विश्वास अभिवृद्धि गर्न थप जिम्मेवार भएर कार्य गर्ने विश्वास व्यक्त गरेको छ। उनले आफू मातहतको कर्मचारीलाई समेत अभार व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं