Lite Nepal

आइतबार, भाद्र ०७, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पाले दक्ष पर्वतारोही तथा हिमाली पथप्रदर्शकलाई विदेश पलायन हुनबाट रोक्न सरोकारवाला सबै एकजुट हुनुपर्ने बताएका छन्।

सगरमाथा आरोही संघको २५औँ वार्षिकोत्सवमा बोल्दै उनले पर्वतारोहीलाई उचित पारिश्रमिक, सम्मान र अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताए। नयाँ पर्यटन विधेयकमा पर्वतारोहीका समस्या र अधिकार समेट्न सरोकारवालाले स्पष्ट सुझाव दिनुपर्ने उनको भनाइ थियो।

व्यक्तिगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर नेपालको पर्वतीय पर्यटनको भविष्यका लागि काम गर्नुपर्नेमा जोड दिँदै शेर्पाले दक्ष पर्वतारोहीको पलायन रोक्न सबै पक्ष एकजुट हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं