Lite Nepal

शनिबार, भाद्र २७, २०८३

चीन । चिनियाँ राष्ट्रपति सी जिनपिङ अठारौँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार बेइजिङबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी सम्मेलनमा सहभागी हुन भारततर्फ प्रस्थान गरेका हुन्।

राष्ट्रपति सीको प्रतिनिधिमण्डलमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक काई छी र राजनीतिक ब्युरो सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यी पनि सहभागी छन्।

अठारौँ ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूबीच आर्थिक सहकार्य, विश्वव्यापी शासन, विकास तथा अन्तर्राष्ट्रिय मुद्दाहरूबारे छलफल हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं