Lite Nepal

शनिबार, आश्विन १०, २०८३

विराटनगर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा कोशी नदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन् ।

प्रभावितमध्ये चार जना सुत्केरी महिला रहेको गाउँपालिकाले जनाएको छ ।‎

‎गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार, घरमा पानी पसेपछि सुत्केरीसहित प्रभावित परिवार अग्लो कोशी बाँधमा बसेका छन् ।‎

‎उनका अनुसार वडा नं. ४ को टिकुलिया खंग टोलमा बौवालाल खंग, हरिलाल खंग, बद्री खंग, रजिया देवी खंग, सुकराती खंग, चनाइ खंग, लक्ष्मण खंग, राजकुमार खंग, धर्मी खंग, जलेश्वर मुखिया र अखलेश मुखियाको घरमा पानी पसेको छ ।

‎त्यस्तै वडा नं. ५ मा भरत मण्डल, महेश साह, सियाराम मुखिया, गंगाराम मुखिया, मन्टुन मुखिया र बेचु मुखियाको घर प्रभावित भएको झाले जानकारी दिए ।‎

‎यसैबीच तिलाठी कोइलाडी–४ स्थित सशस्त्र प्रहरीको टिकुलिया बेस क्याम्पमा समेत कोशीको पानी पसेको छ। बेस क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेश बाहिनी मुख्यालय बर्दिबास, महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले स्थलगत निरीक्षण गरेका छन् ।‎

‎सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यम कृष्ण थापाका अनुसार कोशीमा पानीको बहवा उच्च भएकोले कोशी छेउछेउमा पानी बढेको अहिले विस्तारै पानी घटने क्रममा रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं