Lite Nepal

शनिबार, आश्विन १०, २०८३

काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि वर्षा जारी रहेको छ । विशेष गरी बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतिर सर्दै भारतको उत्तर प्रदेश आसपास पुगेकाले देशका पश्चिमी भू–भागहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित बागमती, मधेश र पूर्वी भू–भागमा हाल पानी पर्न रोकिए पनि पुनः वर्षाको सम्भावना कायमै छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यकामा भारी झरी नपरे पनि आज साँझ तथा रातिको समयमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।

आइतबार बिहानसम्म बेलाबखत पानी परे पनि दिउँसोदेखि मौसममा सुधार आउने र सोमबारदेखि धेरैजसो स्थानमा मौसम खुलेर घाम लाग्ने महाशाखाको पूर्वानुमान छ ।

हाल मनसुनी वायुका साथै पश्चिमी वायु र न्यूनचापीय प्रणालीको संयुक्त प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । आइतबार साँझबाट भने पश्चिमी क्षेत्रमा पनि वर्षाको क्रम घट्दै जानेछ ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आगामी २४ घण्टा सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म तथा बागमतीका दक्षिणी जिल्लाहरू भारी वर्षाको मुख्य जोखिममा रहेका छन् ।

मौसमविद्हरूले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई थप २४ घण्टा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं