Lite Nepal

शनिबार, आश्विन १०, २०८३

काठमाडौं । नेपालले अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्तीका लागि थप समय माग गरेको छ।

राष्ट्रसंघको ८१ औँ महासभामा सहभागिताका क्रममा भएका भेट वार्तामा प्रधानमन्त्री बालेन्द्र शाहले उक्त माग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासभामा सहभागिताका क्रममा प्रधानमन्त्री बालेनले महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका थिए । उनीसँग प्रधामन्त्रीले यस्तो प्रस्ताव गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।”अतिकम विकसित राष्ट्र सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि मसर्थनको विषयमा छलफल भएको थियो,” परराष्ट्र मन्त्रालयले भनेको छ ।

महासचिव गुटेरेसले भोटेकोसी बाढीको विपद्‌प्रति समवेदना प्रकट गरेका छन् । जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको गुटेरेसले बताएका छन् ।

राष्ट्रसंघमा नेपालको सक्रिय सहभागिताबाट मुलुकको प्रतिष्ठा अभिवृद्धि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं