Lite Nepal

आइतबार, आश्विन ११, २०८३

पर्वत । कालीगण्डकी नदीको बहाव बढेर जलजला गाउँपालिका–८, फर्सेको बस्तीमा पस्दा २५ घर बगेका छन्।

आज बिहान करिब ८ बजे नदी बस्तीमा पसेको हो। करिब ८० घर रहेको उक्त बस्तीका अन्य घर पनि जोखिममा छन्।

मानवीय क्षति भने भएको छैन। सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थल पुग्न सकेको छैन।

घटनास्थल प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।

क्षतिको थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं