Lite Nepal

आइतबार, आश्विन ११, २०८३

काठमाडौं । दिल्लीमा सन्तान नभएपछि अस्पताल पुगेका २६ वर्षीय पुरुषको जाँच गर्दा चिकित्सकहरू नै अचम्ममा परेका छन्। एमआरआई गर्दा उनको पेटभित्र पूर्ण रूपमा विकसित पाठेघर र डिम्बबाहिनी नली भेटिएको हो।

विवाह भएको करिब दुई वर्षसम्म सन्तान नभएपछि उनी श्रीमतीसँगै राजौरी गार्डेनस्थित अस्पताल पुगेका थिए। श्रीमतीको स्वास्थ्य सामान्य देखिएपछि श्रीमान्को परीक्षण गर्दा वीर्यमा शुक्रकीट नै नभएको एजोस्पर्मिया भेटियो। थप जाँचमा उनका दुवै अण्डकोष पनि सामान्य स्थानमा नरहेको पाइयो।

अझ विस्तृत परीक्षण गर्दा उनको शरीरमा ४६,XY  क्रोमोजोम रहेको पुष्टि भयो। अर्थात् बाहिरी रूपमा पुरुषका सामान्य यौन विशेषता भए पनि पेटभित्र भने महिलामा विकसित हुने पाठेघर र डिम्बबाहिनी नलीजस्ता संरचना रहेका थिए।

चिकित्सकहरूले उनलाई ‘पर्सिस्टेन्ट मुलेरियन डक्ट सिन्ड्रोम’ नामक अत्यन्त दुर्लभ जन्मजात अवस्था भएको बताएका छन्। यो अवस्थामा पुरुष भ्रूणमा महिलाको प्रजनन प्रणाली विकाससँग सम्बन्धित केही संरचना शरीरभित्र रहिरहन्छन्।

शल्यक्रियाका क्रममा ती असामान्य संरचना हटाउँदा एउटा अण्डकोषमा क्यान्सरपूर्वको अवस्था समेत भेटिएको चिकित्सकहरूले बताएका छन्। समयमै समस्या पत्ता लागेकाले सम्भावित ठूलो जोखिमबाट बच्न सकिएको उनीहरूको भनाइ छ।

चिकित्सकहरूका अनुसार यस्तो घटना अत्यन्त दुर्लभ भए पनि सन्तान नहुँदा पुरुष र महिला दुवैको स्वास्थ्य परीक्षण गर्नु महत्त्वपूर्ण हुन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं