Lite Nepal

सोमबार, आश्विन १२, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत एसएसपी खड्कालाई मंगलबार आयोगमा उपस्थित हुन भनिएको हो ।

मानव अधिकार आयोगको टोली आइतबार टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेर जबराको पक्राउको अनुगमन गर्न खोजेको थियो । तर, प्रहरीले करिब एक घण्टा कुराएर आयोगको टोलीलाई कार्यालयको गेटबाटै फर्काएको आयोगको भनाइ छ ।

घटनाबारे आयोगले आइतबार नै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं