विराटनगर । विराटनगर बसपार्कमा उच्छृंखल गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १७ जना युवतीलाई नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक (डीएसप) लोकेन्द्रबहादुर सिंह गुरुङको कमाण्डमा खटिएको टोलीले सोमबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बसपार्क क्षेत्रमा शंकास्पद तथा उच्छृंखल गतिविधि भइरहेको सूचनाका आधारमा टोली परिचालन गरिएको थियो। नियन्त्रणमा लिइएका युवतीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।