Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

काठमाडौं । मनाङ चामेमा पहिरो खसेर थुनिएको मर्स्याङदी नदीमा आज विष्फोट गर्ने तयारी गरिएको छ ।

विष्फोटका लागि दुईवटा डोजर परिचालन गरेर पहिरोको लेदो र ढुंगा पन्छाउन थालिएको हो । नदीको बहाव केही खुले पनि पानीको निकास राम्रोसँग हुन सकेको छैन । जसले गर्दा स्थानीय घर छाडेर अन्यत्र सुरक्षित स्थानमा सरेका छन् ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार ब्लास्ट गर्न पहिरोभित्र रहेका ढुंगामा प्वाल पार्नुपर्ने हुन्छ। त्यसका लागि मंगलबारदेखि दुईवटा डोजरले लेदो र ढुंगा पन्छाइरहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं