काठमाडौं । आज पनि शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ८२ अ.कले घटेर २,५९८ को विन्दुमा कायम भएको छ ।
आज १०९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५२ कम्पनीको १ करोड २६ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
पिपुल्स हाइड्रोपावरको २२ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १८ करोड ७२ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ३७ प्रतिशतका दरले कमाएका हुन् ।
सयपत्री हाइड्रोका लगानीकर्ताले ८ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोका लगानीकर्ताले ७ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशमलव ७८ प्रतिशतका दरले गुमाएका हुन् ।