काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरपक्षको नेतृत्व गरिरहेका पूर्वसभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनबारे निर्वाचन आयोगलाई जानकारी गराएका छन्।
देउवाले १५औँ महाधिवेशन असोज १५ गतेदेखि सुरु गर्ने र मंसिरको २१ गतेदेखि २३ गतेसम्म गर्ने तयारी गरेको जानकारी निर्वाचन आयोगलाई गराएका हुन्।

देउवाको पत्र निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएको उनी निकट एक नेताले जानकारी दिए।

गत पुसमा तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशन भएपछि कांग्रेस औपचारिक विभाजनतर्फ उन्मुख भइरहेको छ।
संस्थापन पक्षले यही असोज १८ गतेदेखि १५ औँ महाधिवेशन गर्ने तयारी अन्तिम चरणमा पुर्याइरहेकाबेला देउवापक्षले पनि महाधिवेशनबारे आयोगलाई जानकारी गराएका हुन्।