Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

काठमाडौं । ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

क्यानले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा हेमन्त धामी बाहिरिका छन् भने नन्दन यादवले कमब्याक गरेका छन् ।

यस्तै, टिममा स्पिनर साहब आलमलाई पनि स्थान दिइएको छ । स्टार ओपनर कुशल भुर्तेल पनि बाहिरै रहने भएका छन् । नेदरल्याण्ड्समा भएको लिग २ सिरिजमा कमजोर प्रदर्शनपछि भुर्तेललाई राष्ट्रिय टीमबाट हटाएर ‘नेपाल ए’मा झारिएको थियो ।

सोमपाल कामी, आरिफ शेख र भिम सार्कीले यसपाली पनि टिममा अटेनन् ।

यी हुन् टोलीमा समेटिएका खेलाडीहरू–
१. सन्दीप लामिछाने (कप्तान)

२. आसिफ सेख

३. दीपेन्द्र सिंह ऐरी

४. देव खनाल

५. ईशान पाण्डे

६. रोहित पौडेल

७. अर्जुन कुमाल

८. सन्दीप जोरा

९. गुलशन झा

१०. बसिर अहमद

११. करण केसी

१२. नन्दन यादव

१३. ललित राजवंशी

१४. साहब आलम

१५. शेर मल्ल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं