Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका जल्दा बल्दा प्रश्नहरूको उत्तर दिन चुकेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले अधिवेशनको अन्तिम दिनसम्म पनि सरकार प्रमुखबाट प्रतिपक्ष र जनताका जिज्ञासाको जवाफ प्राप्त नभएको बताएका हुन् । उनले संसदबाट‘’रित्तै घर फर्किनुपरेको’ भन्दै दुःख व्यक्त गरे ।

सांसद राईले संसदको यो अधिवेशनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले प्रतिपक्षले उठाउँदै आएका जनसरोकारका विषयमा सरकार गम्भीर नभएको टिप्पणी गरे ।

राजनीति शास्त्रको विद्यार्थीको हैसियतले ऐतिहासिक सन्दर्भ कोट्याउँदै राईले १५ साल र ६४ सालको चुनावी नतिजासँग तुलना गर्दै वर्तमान सत्ता समीकरणप्रति व्यङ्ग्य गरे ।

उनले सत्ता जोगाउनकै लागि मात्र केन्द्रित नभई ५ वर्ष सरकार सञ्चालन गर्न र सुशासन कायम गर्न सत्तापक्षलाई आग्रह गरे ।

राईले भने, ‘हामीले जनताका धेरै प्रश्नहरू सदनमा उठायौँ, तर सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट त्यसको जवाफ दिन सक्नुभएन । आज म जनताको घर–आँगनमा फर्किँदा रित्तो हात फर्किँदै छु । सत्ताको अंकगणितमा दुई तिहाइको नजिक देखिए पनि जनताको म्यान्डेट र विपक्षमा रहेको जनमतको हेक्का राख्नुपर्छ । भ्रष्टाचार र जनअपेक्षा विपरितका गतिविधिले विगतमा घरहरू जलेका थिए, अब हामीले आफ्नो घर जोगाउन मुस्किल पर्ने अवस्था नआओस्।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं