विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ताप्लेजुङबाट पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गाम महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
बिहीबार सम्पन्न मतगणनामा हाङ्गामले सबैभन्दा बढी ९ सय ४२ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन्।

