Lite Nepal

आइतबार, आश्विन १८, २०८३

विराटनगर । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्ला स्थित प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान ७ बजेसम्मको विवरणअनुसार रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन्। साउन १० गतेदेखि अवरुद्ध ती राजमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द रहेको विवरणमा उल्लेख छ।

यस्तै, मनाङमा असोज १८ गते बाढी आएका कारण बेशीसहर हुँदै खाङसारसम्म जाने सडक खण्ड एकतर्फी भएको छ।

म्याग्दीको वेनि-जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका-२ बैसरी र अन्नपूर्ण गाउँपालिका-३ सुकेवगरमा पहिरोको कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–६ घुमाउरी घाटमा पहिरोले प्रभावित कालीगण्डकी करिडोर पनि एकतर्फी सञ्चालनमा छ। उक्त स्थानमा असोज १० गते बिहान ११ बजेर ३० मिनेटदेखि सडक अवरुद्ध भएको थियो।

त्यसैगरी, बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोरमा एकतर्फी आवागमन भए पनि ठूला सवारीसाधन जान नसक्ने अवस्था रहेको प्रहरीको विवरणमा उल्लेख छ। उक्त सडक असोज १४ गते अपराह्न ४ बजेर ४५ मिनेटदेखि पहिरोका कारण प्रभावित भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं