झापा । जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित भारतीय चिठ्ठा बिक्री–वितरण गरिरहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ , पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६, काँकडभिट्टाबाट ४५ वर्षीय गोलु शैपाली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय शैपालीलाई आफ्नै घरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको घरबाट रोयल लेखिएको भारतीय चिठ्ठा ३ बन्डल (प्रति बन्डल १०० थान) बरामद गरिएको छ। साथै नेपाली तथा भारतीय रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका शैपालीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
