Lite Nepal

शुक्रबार, आश्विन ०२, २०७७

काठमाडौँ । आज प्रदेश १ सहित देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने र पहाडी क्षेत्रमा पहिरो खस्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

महाशाखाका अनुसार आज देशभरि सामान्य बद्ली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एकरदुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं