Lite Nepal

आइतबार, आश्विन १८, २०८३
फाइल फोटो

काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) ले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै अक्टोबर १० मा नयाँ दिल्लीमा मार्च गर्ने घोषणा गरेको छ। पार्टीले दिल्लीको जन्तर–मन्तरमा शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ।

सीजेपीका संयोजक अभिजीत दिपकेले निष्पक्ष र स्वतन्त्र निर्वाचनको माग गर्दै देशभरका समर्थकलाई मार्चमा सहभागी हुन आह्वान गरेका छन्। प्रहरीले रोके पनि रोकिएको स्थानमै प्रदर्शन गर्ने उनले चेतावनी दिएका छन्।

यसअघि अक्टोबर २ मा दिल्लीमा भएको प्रदर्शनका क्रममा पूर्वमुख्यमन्त्री आतिशीसहित ७०० भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। आन्दोलन मे महिनामा अनलाइन व्यङ्ग्य अभियानका रूपमा सुरु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं