Lite Nepal

बिहिबार, आश्विन २२, २०८३

काठमाडौं । नेकपा एमालेले आगामी मंसिरको पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहका भेला सम्पन्न गरेपछि मंसिरको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय स्थायी कमिटी बैठकले गरेको हो।

‘मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाका रूपमा हामी भेला गर्छौं,’ स्थायी कमिटी बैठकपछि बस्नेतले भने। उनका अनुसार भेलामा पार्टीका प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष–उपाध्यक्ष, साथै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।

एमालेले मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। वडा र पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय भएको बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं