काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा गगनकुमार थापा सभापतिमा विजयी भएका छन्।
थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए।

कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो। थापाले कुल सदर मतको आधारमा भारी मतान्तरसहित सभापति पदमा विजय हासिल गरेका हुन्।
