Lite Nepal

शनिबार, आश्विन २४, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दुवै पदको मतगणना एकैसाथ सुरु गरिएको हो ।

केन्द्रीय निर्वाचन समितिका अनुसार तीन स्थानमा मतगणना भइरहेको छ । प्रत्येक मतगणना स्थलमा हरेक उम्मेदवारका तर्फबाट एक–एक जना प्रतिनिधि राख्न दिने सहमति भएको छ ।

यसअघि शुक्रबार राति सम्पन्न सभापति पदको मतगणनामा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै गगनकुमार थापा सभापतिमा निर्वाचित भएका थिए । थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाएका थिए । सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं